नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।

    उनले आफूहरू निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रूपमा स्थापित गर्न एकताबद्ध भएर लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।

    आफूहरू उमेरले ७० वर्ष कटेपनि जेनजी पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गरे । संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रूपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए ।

    उनले भने, ‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौँ । हामी जेनजीभन्दा कम खटेका छैनौँ । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन । यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला ।

    सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’ उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar