एनपीएल क्रिकेटमा आज दुई खेलबीच प्रतिस्पर्धा हुँर्दै

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (सोमबार) रोचक दुई खेल आयोजना हुँदै छन् । प्रतियोगितामा आज पश्चिमका दुई टिम सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, पूर्वका दुई टोली जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

    दिनको पहिलो खेल ‘इस्टर्न डर्बी’ अर्थात् जनकपुर र विराटनगरबीच हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा आज साविक विजेतासमेत रहेको जनकपुर पहिलो जितको खोजीमा छ ।

    जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यता, विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

    ‘वेस्टर्न डर्बी’मा अपराह्न साविक उपविजेता सुदूरपश्चिमलाई कर्णाली याक्सले चुनौती प्रस्तुत गर्दै छ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमले दुई खेलमा काठमाण्डू र पोखरालाई क्रमशः २९ र १८ रनले पराजित गरेको थियो । यी दुई टिमबीचको खेल कीर्तिपुरमै अपराह्न ४ बजेदेखि सुरु हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar