ग्रीन सिटी अस्पतालमा अध्यक्ष लोकबहादुर टन्डनको जीवनी ‘सङ्घर्षमय जीवन’ अडियो पुस्तक सार्वजनिक

  • कालिका खवर
  • शनिबार, मंसिर ६, २०८२
  • काठमाडौ । ग्रीन सिटी अस्पताल परिसरमा अस्पतालका अध्यक्ष श्री लोकबहादुर टन्डनको जीवनकथा समेटिएको पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण शनिबार एक विशेष समारोहकाबीच विमोचन गरिएको छ। कार्यक्रममा साहित्यप्रेमी, समाजसेवी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    विमोचन समारोहमा बोल्दै अध्यक्ष टन्डनले आफ्नो जीवनका संघर्ष, उतार–चढाव र सफलताका क्षणहरूलाई पुस्तकमार्फत पाठकहरूसम्म पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरे। उनले अडियो पुस्तकले दृष्टिविहीन, व्यस्त जीवनशैलीका पाठक तथा अडियो सामग्री रुचाउनेहरूका लागि उपयोगी सूचना प्रदान गर्ने विश्वास व्यक्त गरे।
    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ व्यक्तित्व तोयानाथ पौडेलले ‘सङ्घर्षमय जीवन’ केवल व्यक्तिगत जीवनअनुभूतिको संग्रह नभई प्रेरणादायी दृष्टिकोण प्रस्तुत गर्ने कृति भएको बताए। अडियो संस्करण सार्वजनिक हुनु पुस्तकको पहुँच अझै व्यापक बनाउन महत्वपूर्ण हुने उनको धारणा थियो।

    अडियो पुस्तक विमोचन समारोह वरिष्ठ पत्रकार टंक पन्तको सञ्चालनमा सम्पन्न भयो। कार्यक्रममा प्रविन टन्डन, कमल जि.सी. लगायत व्यक्तिहरूको उल्लेखनीय सहयोग रहेको आयोजक ग्रीन सिटी अस्पतालले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar