एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का

  • कालिका खवर
  • शनिबार, मंसिर ६, २०८२
  • काठमाडौँ, ६ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ । लुम्बिनीका सन्दीप जोरा एक रनमा आउट भए । लुम्बिनी सुरुआतमा दबाबमा देखिएको छ ।

    यो समाचार तयार पार्दासम्म लुम्बिनीले चार ओभरमा जम्मा एक विकेटको क्षतिमा सात रन बनाएको छ । लुम्बिनीको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलिप नाथ, डि आर्की सर्ट, गुलबदिन नाइब, जेजे स्मिथ, रुबेन ट्रम्पेलमान, अभिषेस गौतम, शेर मल्ल, समिर अली मसलमान र सुमित महर्जन छन् ।

    साथै कर्णाली याक्सको प्लेइङ–११ मा कप्तान सोमपाल कामी, पवन सरार्फ, नजिबुल्लाह जर्दान, अर्जुन घर्ती, गुलशन झा, युवराज खत्री, विपिन शर्मा, नन्दन यादव, प्रियांक पञ्चाल, विलियम बोसिस्टो, मार्क वाट छन् । आज हुने दोस्रो दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्सबीच हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar