एनपिएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। लुम्बिनी कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रनेछ भने चितवन राइनोज कुशल मल्लको कप्तानीमा खेल्नेछ।

    पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवनले आज पनि आफ्नो विजयी यात्रालाई कायम राख्दै प्लेअफतर्फ अघि बढ्ने लक्ष्य लिएको छ। लुम्बिनी भने प्रतियोगितामा राम्रो सुरूआत गर्न चाहन्छ। गत संस्करणमा लुम्बिनीले सात खेलमध्ये केवल एक खेलमा मात्र जित हासिल गरेको थियो, जबकि चितवन राइनोज प्लेअफसम्म पुगेको थियो।

    गत संस्करणको लिग चरणमा लुम्बिनीले चितवनलाई ३३ रनले हराएको थियो। आज चितवन उक्त हारको बदला लिन मैदानमा उत्रनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा हुनेछ।

    आजको खेलले दुवै टिमलाई लिगमा प्रारम्भिक बढ़त दिलाउने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar