एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। काठमाडौँ दोस्रो जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम टिम सुखद् सुरुआतको लक्ष्यसहित मैदान उत्रँदैछ।

    उद्घाटन खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो। काठमाडौँ टिमको नेतृत्व करण केसीले गर्दै छन्।

    काठमाडौँ गोर्खाजको टोली
    काठमाडौँका कप्तान करण केसीको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा रहेका छन्।

    सुदूरपश्चिम रोयल्सको टोली
    सुदूरपश्चिमको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गर्दै छन्। उनको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन्।

    काठमाडौँका प्रशिक्षक पूर्व राष्ट्रिय टिम प्रशिक्षक मोन्टी देशाइ हुन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व प्रशिक्षक जगत टमाटाले गरेका छन्।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएलमा आठ टोली प्रतिस्पर्धामा छन्। आजको खेल प्रतियोगिताको समीकरणमा महत्वपूर्ण मानिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar