कोरिया जाने इपिएस उत्पादनतर्फको भाषा परीक्षा आजदेखि सुरु, दुई महिनाभित्र सकिने

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १)देखि देशभर सुरु हुँदैछ। सन् २०२५ का लागि इपिएसमार्फत दक्षिण कोरिया जान आवेदन दिएका एक लाख दुई हजारभन्दा बढीमध्ये उत्पादन क्षेत्रका ६७ हजार युवाको भाषा परीक्षा आजबाट सञ्चालन हुन लागेको हो।

    इपिएस शाखाका अनुसार हाल रोस्टरमा रहेका केही युवाले आफूहरूलाई तत्काल कोरिया पठाउन माग गर्दै भाषा परीक्षा स्थगित गर्न दबाब दिइरहेका बेला उत्पादन क्षेत्रका परीक्षार्थीको परीक्षा भने निर्धारित समयमै सुरु गर्न लागिएको हो। नेपाल र दक्षिण कोरियाले भाषा परीक्षासम्बन्धी सूचना सोमबारएकैसाथ सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्।

    कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीमध्ये पहिलो चरणमा उत्पादन क्षेत्रका ६७ हजार युवालाई प्राथमिकतामा राखिएको शाखाले जनाएको छ। कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा दिने करिब ३५ हजार युवाको परीक्षाको मिति भने दोस्रो चरणमा छुट्टै तय गरिने तयारी भइरहेको छ।

    पछिल्लो समय दक्षिण कोरियाले १७ इपिएस देशहरूमध्ये नेपालबाट सबैभन्दा ठूलो संख्यामा श्रमिक माग गर्दै आएको छ। नेपालबाट भाषा परीक्षा ढिलाइ भए कोरियाले तोकेको कोटाको केही भाग अन्य देशमा सारिने जोखिमसमेत रहेको भन्दै परीक्षा समयमै सम्पन्न गर्न दुवै देशका अधिकारी तल्लीन भएको इपिएस शाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar