सरकारद्वारा १२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा, ४३ कर्मचारीको सूची सार्वजनिक

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडाैं । सरकारले १२ जना उपसचिव र ३१ जना शाखा अधिकृतको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कात्तिक २५ गते बसेको सचिवस्तरीय निर्णयबाट कुल ४३ जना कर्मचारीको सरुवा गरिएको हो ।

    मन्त्रालयका अनुसार सरुवा भएका उपसचिवहरूमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, सुरेन्द्र प्रधान र विनयकुमार श्रीवास्तव रहेका छन् ।

    त्यस्तै डिकबहादुर कार्की, अमरबहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठको नाम पनि सरुवा भएका उपसचिवहरूको सूचीमा समावेश गरिएको छ ।

    मन्त्रालयले सरुवा सूचीमा रहेका ३१ जना शाखा अधिकृतहरूलाई पनि विभिन्न संघीय निकाय, प्रदेश कार्यालय तथा स्थानीय तहका प्रशासनिक निकायहरूमा तोकेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar