विदेशी शक्तिहरू स्वाधीनता माथि हावी हुन खोज्दैछन् : एमाले नेता अधिकारी

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • कपिलवस्तु, २५ कार्तिक । नेकपा (एमाले) का केन्द्रीय सदस्य बलाराम अधिकारीले प्रतिनिधि सभा पुनःस्थापनाको माग अहिलेको प्रमुख जनअभिव्यक्ति भएको बताएका छन्।

    विजयनगर गाउँ कमिटीले आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उनले नेपालको स्वाधीनता र राष्ट्रिय स्वाभिमानमाथि विदेशी शक्तिहरू हावी हुन खोजिरहेको बताएका हुन् । देशको लोकतान्त्रिक प्रणाली कमजोर पार्ने र राष्ट्रिय हितविपरीत कदम चाल्ने खेल भइरहेको र त्यसका विरुद्ध सबै देशभक्त नेपाली एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।

    नेता अधिकारीका अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाउन खोज्दा त्यसलाई असफल पार्ने उद्देश्यले देशीविदेशी शक्ति सक्रिय भएको बताए ।

    राष्ट्रियता, गणतन्त्र र स्वाधीनताको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले सबै कार्यकर्तालाई एकढिक्का भएर अघि बढ्न आह्वान पनि गरेका छन् ।

    कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य गोपाल बाहादुर थापा, ‌जिल्ला सदस्य लक्ष्मी चौधरी, विजयनगर गाउँ कमिटी अध्यक्ष थर्क बाहादुर खन्गाहा लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar