फरवार्ड माइक्रोफाइनान्सको नाफा ३७ प्रतिशतले वृद्धि

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाफामा उल्लेखनीय वृद्धि गरेको छ। संस्थाले सो अवधिमा ५ करोड ७१ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाइएको ४ करोड १६ लाख रुपैयाँको तुलनामा ३७.३२ प्रतिशतले बढी हो।

    समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १८.९२ प्रतिशतले बढ्दै ३३ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी अघिल्लो वर्षको ३ करोड ८१ लाखबाट घटेर ३ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ।

    संस्थाको कुल सञ्चालन आम्दानी २५ करोड ७७ लाख रुपैयाँ र सञ्चालन मुनाफा ८ करोड १६ लाख रुपैयाँ रहेको छ।

    नाफा वृद्धि तथा ब्याज आम्दानीमा सुधार देखिनु संस्थाको वित्तीय प्रदर्शन सुदृढ हुँदै गएको संकेतका रूपमा लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar