सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुट दिने सम्झौता

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीस्थित एकता बुक्सबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

    सम्झौताअनुसार, सिटिजन्स बैंकका कार्डधनी तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरी शाखाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन्।

    बैंकका अनुसार, यस्तो सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने र नगद कारोबारलाई घटाएर डिजिटल कारोबारतर्फ प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ। बैंकले डिजिटल भुक्तानी प्रणालीलाई विस्तार गर्न र ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहज सेवा लिन प्रोत्साहित गर्न निरन्तर ग्राहकमैत्री योजना तथा सुविधा ल्याउँदै आएको जनाएको छ।

    डिजिटल कारोबारमा छुट सम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।

    विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त सिटिजन्स बैंकले यसअघि नेपालमै पहिलोपटक फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै, फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’, मोबाइल बैंकिङ एपबाट नै शेयर आवेदन र सिआरएन नम्बर सेवा, साथै क्रस बैंक टेलर सुविधा जस्ता नवीनतम सेवा पनि सञ्चालनमा ल्याइसकेको छ।

    हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखा–रहित बैंकिङ इकाइहरू मार्फत करिब १९ लाख ४८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar