शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेन्चर’ नामक ऋणपत्र आज नेप्सेमा औपचारिक रूपमा सूचीकृत गरिएको हो ।

    बैंकले ८ प्रतिशत ब्याजदर रहेको, अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो ।

    अब यो ऋणपत्र भोलि (कात्तिक २५ गते) देखि दोस्रो बजारमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

    यस ऋणपत्रको सूचीकृतपछि लगानीकर्ताहरूले सुरक्षित तथा निश्चित आम्दानीको विकल्पका रूपमा यसमा कारोबार गर्न सक्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar