सुनसरीमा ठूलो मात्रामा गाँजा बरामद

  • कालिका खवर
  • शनिबार, कार्तिक २२, २०८२
  • सुनसरी । सुनसरीको बर्जु गाउँपालिका- ५ मा रहेको भित्री सडक खण्डबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ। शुक्रबार राति ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट उक्त गाँजा फेला पारेको हो।

    प्रहरीले गाडीबाट २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको छ। गाडी चालकको खोजी र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar