विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

  • कालिका खवर
  • शनिबार, कार्तिक २२, २०८२
  • जनकपुर, २२ कात्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज (शनिबार) बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सदस्य कायम रहेका छन् । संविधानअनुसार विश्वासको मतका लागि प्रदेश सभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ ।

    मुख्यमन्त्री सोनलसँग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एसका ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ जना गरी ५५ सांसदको मत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar