कालमेगी आँधीका कारण फिलिपिन्स र भियतनाममा १९३ जनाको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौँ । कालमेगी समुद्री आँधीले फिलिपिन्स र भियतनाममा १९३ जनाको ज्यान लिएको छ । फिलिपिन्समा आँधीका कारण कम्तीमा १८८ जनाको मृत्यु भएको छ ।

    भियतनाममा यो सङ्ख्या पाँच पुगेको बताइएको छ । प्रतिघण्टा १४९ किलोमिटरको गतिमा आँधी बिहीबार मध्य भियतनाम भएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर सर्दै गइरहेको छ ।

    रातभर आँधीले वितण्डा मच्चाएपछि मध्य भियतनामको तटमा रहेका शहरहरू आज बिहान भग्नावशेषले भरिएका थिए ।शक्तिशाली हुरीले रूखहरू उखेलिएका थिए भने घरका छाना उडाएका  थिए अनि झ्यालहरू फुटेका थिए ।

    क्षतिको सामना गर्न सेना तैनाथ गरिएको थियो भने हजारौँ मानिसहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिएका थिए ।  न्यून तटीय क्षेत्र डुबानमा पर्ने चेतावनी भियतनामी अधिकारीहरूले दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar