एक्यानको निर्वाचन कार्तिक २२ गते, अध्यक्षमा गुरागाईं र नेपाल भिड्दै

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६ औं कार्यसमितिको निर्वाचन आगामी शनिबार (कात्तिक २२ गते) हुँदैछ । बिहान ९ बजेबाट सुरु हुने निर्वाचन देशभरका विभिन्न ९ स्थानमा हुँदैछ । एक्यानको ४१औं साधारण सभा कात्र्तिक २४ गते द प्लाजा पुल्चोक ललितपुरमा तय भएको छ ।

    केन्द्रीय कार्यसमितितर्फ कोषाध्यक्ष र कार्यकारी सदस्य (महिला बाहेक)का अन्य पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि बद्री कुमार गुरागाईं र अनुप नेपाल चुनावी मैदानमा छन् ।

    गुरागाईं हाल राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । गुरागाईं सामाजिक सुरक्षा कोषको समेत सल्लाहकार हुन् । गुरागाईं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को सीईओ, आईक्यानको डेपुटी डाइरेक्टर, क्वालिटी एस्योरेन्स बोर्डको सदस्य, एक्यानको कार्य समिति सदस्य तथा लेखामान बोर्डको सदस्य समेत भैसकेका छन्।

    अध्यक्षका अर्का प्रतिस्पर्धी अनुप नेपाल एक्यानको वर्तमात् कार्यसमितिका उपाध्यक्ष हुन् । नेपालले निजी क्षेत्रका सयौँ अडिटका साथै ठूला परियोजनामा कन्सल्टेन्सी सेवा प्रदान गरेका छन् ।

    त्यस्तै उपाध्यक्ष पदको लागि तीन जना चुनावी मैदानमा छन् । उपाध्यक्ष पदमा अनिल लामिछाने, राजु ढकाल र लोकेन्द्र ऐरको उम्मेदवारी रहेको छ । त्यस्तै महासचिवमा सुनिल बुढाथोकी र प्रदीप अर्यालले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा सविन कार्की निर्विरोध भएका छन् ।

    ४ खुला कार्यकारी सदस्य पदका लागि इशा अधिकारी, अन्जली सावद, सुमन न्यौपाने, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोखरेल र मिथलेश प्रसाद चौधरीको उम्मेदवारी परेको छ । कार्यकारी सदस्य (महिला) मा सजना मैनाली निर्विरोध भएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar