सुर्खेतमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौँ : १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–६ बस्ने जुम्ला तिला गाउँपालिका–९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    पीडित बालिकाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar