सुन्धाराबाट भागेका बन्दी नयाँ बसपार्कबाट पक्राउ

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना बन्दीलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नम्बर–९ घर भएका २२ वर्षीय पर्वत भट्टराई छन् ।

    मंगलबार उनलाई कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । लागुऔषध तथा चोरी मुद्दामा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar