जनार्दनले गरे प्रगतिशील अभियान नेपालको घोषणा

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १८, २०८२
  • काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् । उनले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताएका छन् ।

    नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए ।

    उनले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरे । उनले भने, ‘हाम्रो कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ ।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar