सिटिजन्स बैंकका ग्राहकलाई केल्मी शोरूममा १० प्रतिशतसम्म छुट, समझदारी पत्रमा हस्ताक्षर

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल, ललितपुरस्थित केल्मी शोरूमबीच विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    यस सम्झौता अनुसार, सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले केल्मी शोरूम, जावलाखेलमा खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

    बैंकले यस सहकार्यबाट ग्राहकहरू नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीमा आकर्षित हुने विश्वास व्यक्त गरेको छ। डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन गर्न बैंकले समय समयमा विभिन्न योजनाहरू सञ्चालन गरिरहेको छ। यससँग सम्बन्धित थप विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ।

    हालै ‘बैंक अफ द इयर २०२४’ पुरस्कार प्राप्त गरेको सिटिजन्स बैंकले डिजिटल सेवामा निरन्तर नयाँपन ल्याउँदै आएको छ। केही समय अघि बैंकले फोनपेसँग सहकार्य गरी नेपालमै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल कार्ड सार्वजनिक गरेको थियो। फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेभिङ्ग्स अकाउन्ट’, मोबाइल एपमार्फत सिआरएन सेवा, शेयर आवेदन तथा क्रस-बैंक टेलर सुविधा जस्ता नवीनतम सेवाहरू पनि बैंकले सञ्चालनमा ल्याइसकेको छ।

    सिटिजन्स बैंकले ६१ जिल्लामा २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ्ग इकाइमार्फत करिब १९ लाख ४४ हजार ग्राहकलाई आधुनिक वित्तीय सेवाहरू प्रदान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar