ट्रंक तथा डेडिकेटेड महशुल विवाद समाधान गर्न प्रधानमन्त्री कार्कीले उद्योगीसँग छलफल गर्दै

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौँ । ट्रंक तथा डेडिकेटेड महसुल विवाद समाधान गर्न प्रधानमन्त्री शुशिला कार्कीले अग्रसरता देखाएकी छन्। नेपाल विद्युत् प्राधिकरणले अतिरिक्त प्रिमियम शुल्क नबुझाएको भन्दै उद्योगहरूको लाइन काटेपछि यो विवाद चर्किएको थियो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, प्रधानमन्त्री कार्कीले आज (सोमबार) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहित पीडित उद्योगीहरू सँग छलफल गर्दै हुनुहुन्छ।

    यसअघि नेपाल विद्युत् प्राधिकरणले बक्यौता शुल्क नतिरेको भन्दै २३ वटा उद्योगको विद्युत् लाइन काटिदिएको थियो।

    यता उद्योगीहरूले भने आफूहरूले ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् सेवा उपयोग नै नगरेको दाबी गर्दै महसुल नतिर्ने अडान लिँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar