बैंकिङ प्रणालीबाट अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि थप ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। आइतबार (कात्तिक १६) मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत सो रकम १७५ दिनका लागि निक्षेप संकलन गरिनेछ।

    कुल आह्वान रकमसमेत हेरी न्यूनतम १० करोड रुपैयाँदेखि र बढीमा पाँच करोड रुपैयाँको गुणकमा प्रस्ताव गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसरी संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी सम्भावित म्याद २०८३ बैशाख १३ गते तोकिएको छ।

    यस निक्षेप संकलनमा ब्याजदर पनि खुला प्रतिस्पर्धात्मक बोली (बोलकबोल) मार्फत नै निर्धारण हुनेछ। यसअघि पनि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन तथा अन्य मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar