वीरगंजको लिटिल बडी प्रि-स्कुलमा बालबालिकाको बचत रकम सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • वीरगंज – वीरगंज महानगरपालिका-८ पानीटंकी स्थित लिटिल बडी प्रि-स्कुलले आफ्ना बालबालिकाले जम्मा गरेको बचत रकम सार्वजनिक गरेको छ।विद्यालयले बालबालिकामा सानै उमेरदेखि नै रकम बचत गर्ने बानी बसाल्ने उद्देश्यले करिब तीन महिना अघि पि.जि., नर्सरी, एल.के.जी., र यु.के.जी. का बच्चाहरुलाई खुत्रुके वितरण गरेको थियो। शुक्रबार आयोजित कार्यक्रममा ती खुत्रुके फोडेर जम्मा भएको रकम सार्वजनिक गरिएको हो।

    बालबालिकाले खुत्रुकेमा जम्मा गरेको रकम रु ५ सयदेखि रु ९६ हजार ४ सय ५० सम्म पुगेको थियो। सबैभन्दा बढी बचत गर्ने बालबालिकाका अभिभावकलाई प्रमाणपत्र वितरण गरिएको थियो भने विद्यालयले अतिरिक्त रु १ हजार थपेर अभिभावकलाई रकम हस्तान्तरण गरेको थियो।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजय कुमार बल, विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेल, प्याब्सन बीरगंज अध्यक्ष राहुल श्रीवास्तव, वैष्णोदेवी बचत तथा ऋण सहकारी संस्थाका बजार प्रतिनिधि रोशनी श्रेष्ठ, कर्जा शाखाकी लक्ष्मी चौधरी, सञ्चारकर्मी दिपु वणर्वाल, र बालबालिकाका अभिभावकहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar