बिना सुरक्षाकर्मी एक्लै पार्टीको बैठकमा पुगे माधव नेपाल

  • कालिका खवर
  • बुधबार, कार्तिक १२, २०८२
  • काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सम्पूर्ण सुरक्षाकर्मी फिर्ता भएका छन् । हिजो गृहमन्त्रालयले उनको सम्पूर्ण सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेसँगै आज फिर्ता भएका हुन् । उनी आज पार्टीको बैठकमा बिना सुरक्षाकर्मी पुगेका हुन् ।

    उनीसँग निजी सुरक्षा अधिकृत (पीएसओ) समेत थिएनन् । पूर्वप्रधानमन्त्रीलाई सरकारले सुरक्षा सुविधा दिँदै आएकामा उनी पतञ्जलीको जग्गामा भ्रष्टाचार अभियोगमा अभियुक्त रहेको भन्दै सम्पूर्ण सुरक्षा सुविधा फिर्ता लिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar