सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दै

  • कालिका खवर
  • बुधबार, कार्तिक १२, २०८२
  • काठमाडौं । सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो ।

    निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन् ।

    सरकार र राजनीतिक दलबीच पटकपटक बैठक बसिरहेका छन् । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar