सरकारी गाडी लिएर कालिन्चोक घुम्न गए टोखाका हाकिम

  • कालिका खवर
  • सोमवार, कार्तिक १०, २०८२
  • दोलखा । राज्यको सम्पत्तिको दुरुपयोग भएको आरोपमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई स्थानीयद्वारा नियन्त्रणमा परेका छन् । शनिबार (८ कात्तिक २०८२) बिदाको दिन भट्टराईले नगरपालिकाको सरकारी गाडी प्रयोग गरी दोलखास्थित प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक मन्दिर दर्शन गर्न गएको बेला स्थानीयले रोकेका हुन् ।

    सरकारी सवारीसाधनलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भन्दै स्थानीयले आक्रोश प्रकट गरेका छन् । उनीहरूका अनुसार “राज्यको सम्पत्ति नागरिकका करबाट सञ्चालित हुन्छ, त्यसको दुरुपयोग सह्य हुँदैन” भन्दै विरोध गरिएको हो ।

    घटनास्थलमा उपस्थित व्यक्तिहरूले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ । भिडियोमा स्थानीयले सरकारी गाडीको नम्बर देखाउँदै सोधपुछ गर्दै गरेको दृश्य देख्न सकिन्छ ।

    यस घटनापछि स्थानीय निकायका कर्मचारीद्वारा सरकारी स्रोत र सम्पत्तिको व्यक्तिगत प्रयोगबारे पुनः प्रश्न उठेको छ । यता, भट्टराई पक्षले भने आफू धार्मिक प्रयोजनका लागि गएको र कुनै गलत मनसाय नरहेको दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar