जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • कालिका खवर
  • शनिबार, कार्तिक ८, २०८२
  • काठमाडौँ । मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् । गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले बताए ।

    मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।

    जेनजी प्रदर्शनको क्रममा कुमाल भिमफेदी कारागारबाट फरार भएका थिए । बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । प्रहरी स्रोतका अनुसार उनी भदौ २४ मा कारागारबाट भागेका थिए । २०७४ साउन ३ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar