जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ४, २०८२
  • जुम्ला : जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मीनबहादुर रावलकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार हजार ४२ पुरुष र तीन हजार ३८८ महिलाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् । यसैगरी छ हजार ८७ जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।

    राहदानी लिनेहरूमा ६५१ पुरुष र ३७७ महिला गरी जम्मा एक हजार २८ जना रहेको सूचना अधिकारी रावलले जानकारी दिए । सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा मात्र तीन हजार ५३७ जनाले आवेदन दिएका छन् ।

    राहदानी, सङ्घसंस्था दर्ता तथा नवीकरण एवम् अन्य शीर्षकमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा रु १३ लाख ३७ हजार ६५० राजस्व सङ्कलन भएको जिल्ला प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar