बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • काठमाडौं : लुम्बिनी बस टर्मिनल बुटवलमा सोमबार बिहान एक जनाको मृत्यु भएको छ। बसपार्कबाट निस्किने बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।

    बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नम्बरको बसले निस्किने क्रममा बसपार्कको गेटमै पैदल यात्रीलाई ठक्कर दिएको थियो। बिहान ७ बजे भएको उक्त दुर्घटनाबाट कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहार बिदामा घर जान बसपार्क पुगेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले यादवलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको बताए । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय भीम मगर छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar