इन्डोनेसियामा तेल ट्याङ्करमा आगलागी हुँदा १० जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • जकार्ता । इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्याङ्करमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ । पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्याङ्करमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ ।

    आगलागी स्थानीय समय अनुसार बिहान ४ बजे सुरु भएको जनाइको छ ।  बटुआजीका प्रहरी प्रमुख द्वी लाम्बाङले यस अघि जुन महिनामा एउटा जहाजमा आगलागीको घटना हुँदा चार जना कामदारको मृत्यु भएको बताउनु भएको छ । अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar