कुलमान र महावीरलाई तत्काल राजीनामा दिएर बदमानी देखि बच्न हर्क साम्पाङको सुझाव

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको राजीनामा मागेका छन् ।

    बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले पुन र घिसिङलाई पदबाट राजीनामा दिएर ‘बदनामी’ बाट बच्न सुझाव दिएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘तत्काल राजीनामा दिएर बदमानी देखि बचुन् महावीर र कुलमान !’ यसपछि, साम्पाङले काठमाडौंमा पक्राउ परेका अभियन्ता डा.निकोलस भुसालको तत्काल रिहाइको माग गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन् । उनले सरकारलाई विदेशी दलाल र वैधताविहीनको संज्ञा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar