सुनको मूल्य तोलामा २ लाख ३३ हजार नाघ्यो

  • कालिका खवर
  • सोमवार, अशोज २०, २०८२
  • काठमाडौँ । सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो ।

    जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar