कोभिड खोपपछि छ प्रकारका क्यान्सरको जोखिम बढ्न सक्छ

  • कालिका खवर
  • बिहिबार, अशोज १६, २०८२
  • सियोल । महामारीको समयमा जटिलता, अस्पताल भर्ना दर र मृत्युलाई रोक्न कोभिड खोपलाई अत्यन्त प्रभावकारी मानिएको थियो । विश्वभरका अर्बौं मानिसहरूले एमआरएनए तथा अन्य प्रकारका खोप प्राप्त गरे । धेरैले दुई डोजपछि बुस्टर डोज पनि लगाए ।

    तर, खोपका प्रभावबारे पछिल्ला वर्षहरूमा विभिन्न विवादहरू उठिरहेका छन् । हृदयघात तथा अन्य रोगका घटनाहरू बढेका दाबीहरू पनि यससँग जोडिएका छन् । यस्तैमा, दक्षिण कोरियाली वैज्ञानिकहरूले हालै एक चौंकाउने दाबी गरेका छन् — कोभिडविरुद्ध खोप लगाएका व्यक्तिहरूमा छ प्रकारका क्यान्सरको जोखिम बढेको हुनसक्ने संकेत देखिएको उनीहरूले बताएका छन् ।

    अनुसन्धानकर्ताहरूका अनुसार, अध्ययनमा विभिन्न उमेर समूहका हजारौं व्यक्तिहरू समावेश गरिएका थिए । प्रारम्भिक नतिजाले खोप लगाएकामा केही विशेष प्रकारका क्यान्सर देखिने दर तुलनात्मक रूपमा बढी रहेको उल्लेख गरिएको छ । तर उनीहरूले यो पनि भनेका छन् कि अझै थप विस्तृत अनुसन्धान आवश्यक छ र तत्काल निष्कर्षमा पुग्न नहुने चेतावनी दिएका छन् ।

    यस विषयमा स्वास्थ्य निकायहरूले औपचारिक प्रतिक्रिया नदिएका भए पनि विज्ञहरूले अध्ययनलाई ध्यानपूर्वक मूल्यांकन गर्नुपर्ने सुझाव दिएका छन् । विश्व स्वास्थ्य संगठन (WHO) र अन्य सार्वजनिक स्वास्थ्य संस्थाहरूले यस्ता दाबीबारे सावधानीपूर्वक वैज्ञानिक प्रमाण संकलन भइरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar