नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • काभ्रेपलाञ्चोक : नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए । नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए ।

    गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उनी दुर्घटनामा परेका हुन् । गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar