मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • काठमाडौँ । पुन: पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ ।

    सवारी चालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको कार्यालयले जनायो । लेन अनुशासनको पालना गरेर यात्रा गर्न कार्यालयले अनुरोध गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar