तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३१ जना घाइते

  • कालिका खवर
  • सोमवार, अशोज ६, २०८२
  • हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा–१९ दारिमटारमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार सोमबार तेल बोकेको ट्याङ्कर, ट्रक र यात्रुवाहक बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) श्यामु अर्यालले जानकारी दिए । घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar