महावीर पुन, जगदीश खरेल र संगीता मिश्र मन्त्री बन्दै

  • कालिका खवर
  • आइतवार, अशोज ५, २०८२
  • काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्की नेतृत्वको अन्तरिम सरकारमा वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल र स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्र मन्त्री बन्न लागेका हुन् ।

    पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको हो ।

    उनीहरूको नियुक्ति र शपथ आजै हुने बताइएको छ । सोही अनुसार राष्ट्रपतिको कार्यालयको तयारी छ । कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधारमन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्री यसअघि नै बनिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar