प्रवक्ता महत : सरकार संविधानसम्मत बनाउन सकिन्थ्यो, त्रुटि भएको छ

  • कालिका खवर
  • आइतवार, अशोज ५, २०८२
  • काठमाडौँ : कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अन्तरिम सरकार संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा टेकेर सरकार बन्न नसकेको बताएका छन्। तोडफोड र आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले त्यसका बाबजुद पनि कांग्रेसले विरोध नगरेको बताएका छन्।

    ‘संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौं। तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संसद भएरै पनि यसलाई अझै संविधान सम्मत बनाउन सकिन्थ्यो। त्यसमा त्रुटी भएको छ।’

    उनले त्यसबारेमा पार्टीभित्र गम्भीर छलफल हुने पनि बताए। ‘आउने दिनमा पार्टीभित्र गम्भीर छलफल हुन्छ। अन्तरपार्टी, नागरिक समाज, नवयुवा सबैसँग छलफल हुन्छ। यसको आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ उनले भने। प्रवक्ता महतले चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको जरूरी रहेको बताए।

    उनले पार्टी सभापति शेरबहादुर देउवा उनकी श्रीमती आरजु राणाको स्वास्थ्य सुधारोन्मुख रहेको पनि बताए। ‘उहाँहरूको स्वास्थ्य सुधारोन्मुख छ, ठीक भएपछि चाँडै सार्वजनिक हुनुहुन्छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar