संविधान दिवसमा वीरगञ्जमा जनमत पार्टीद्वारा सहिदहरूलाई श्रद्धाञ्जली, समानुपातिक सहभागिताको माग

  • कालिका खवर
  • शुक्रबार, अशोज ३, २०८२
  • वीरगञ्ज  — संविधान दिवसको अवसरमा जनमत पार्टी पर्साले वीरगञ्जस्थित सहिद स्मारकमा माल्यार्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। कार्यक्रममा विशेषगरी जेन्जी आन्दोलनका सहिदहरूलाई सम्झेर मौन धारणसहित श्रद्धासुमन अर्पण गरिएको थियो।

    जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला भएको उल्लेख गर्दै प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै अधिकार सम्पन्न प्रदेश र राज्यका हरेक अंगमा समानुपातिक सहभागिता सुनिश्चित गर्न अझै संघर्ष गर्नुपर्ने बताए।

    उनले जनमत पार्टीको “नौलो गणतन्त्र” विचारधाराअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सबै संवैधानिक अंग तथा आयोगहरूमा प्रतिस्पर्धा आधारित नियुक्ति आवश्यक रहेको उल्लेख गरे। सरार्फले जेन्जी आन्दोलनका मागहरूको दीगो समाधानका लागि जनमत पार्टीले दुई वर्षअघि देखि नै आन्दोलन गर्दै आएको स्मरण गराए।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम गुप्ता, श्याम शंकर चौरसिया, सन्तोष साह, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, महानगर अध्यक्ष महादेव शर्मा, सचिव लोकेश कर्ण, क्षेत्र नं.–२ संयोजक शशी देव यादव, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिंह, उपाध्यक्ष संजय सरार्फ, हिरालाल राम, बिकाश गुप्ता लगायतको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar