एमालेभित्र कुनै पनि किसिमको विग्रह हुन दिने छैनौँ : ईश्वर पोखरेल

  • कालिका खवर
  • शुक्रबार, अशोज ३, २०८२
  • काठमाडौं, ३ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र कुनै पनि किसिमको विग्रह हुन नदिने बताएका छन् । संविधान दिवसका अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीमा विभाजन वा अविश्वासको कुनै ठाउँ नहुने स्पष्ट पारे ।

    “एमालेले अहिले केही नोक्सानी बेहोरेको छ, तर हामी धुलो टक्टक्याएर फेरि उठ्छौँ ।  कमजोरीहरू सच्याएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउँछौँ,” पोखरेलले भने । उनले एमाले असंख्य अग्रज र शहीदको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको भन्दै यसलाई अरू कसैले हल्लाउन नसक्ने जिकिर गरे ।

    साथै, सामाजिक एकता र सद्भाव खल्बल्याउन खोज्ने तत्वलाई पराजित गर्ने चेतावनी पनि दिए । पोखरेलले नेपाल बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक देश भएको भन्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar