मुख्यमन्त्री सिंहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस

  • कालिका खवर
  • बिहिबार, अशोज २, २०८२
  • काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरिएको छ । मधेस प्रदेश जनमत पार्टी संसदीय दलका नेता महेश यादवले केन्द्रीय कार्यालयलाई कारबाहीका लागि सिफारिस गरेका हुन् ।

    पार्टी तथा प्रदेशको संसदीय दलले मुख्यमन्त्रीबाट फिर्ता हुन पटक पटक भने पनि मुख्यमन्त्री सिंह फिर्ता नभएको भन्दै संसदीय दलका नेता यादवले बिहीबार अनुशासनको कारबाही गर्न केन्द्रीय सचिवालयलाई सिफारिस गरेका हुन् ।

    मुख्यमन्त्री सिंहलाई पार्टीमा साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको संसदीय दलका नेता यादवले बताए । उनले भने, ‘मुख्यमन्त्रीलाई फिर्ता आउन २४ घण्टाको समय दिएका थियौँ, त्यो समय हिजै सकिएको हो, तर उहाँ फिर्ता हुनुभएन अब पार्टीबाट नै कारबाही गर्ने गरी केन्द्रलाई सिफारिस गरेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar