कुलमानलाई हर्कको सुझावः चन्दाले हैन, भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ

  • कालिका खवर
  • बिहिबार, अशोज २, २०८२
  • काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन ऊर्जा मन्त्री कुलमान घिसिङलाई सुझाव दिएका छन्। कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा उनको यस्तो सुझाव दिएका हुन्। अन्यथता कुलमानको बचेको इमेज बिग्रने उनले चेतावनी दिए ।

    ‘कुलमान जी, भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंह दरबार अर्थात् सेवा केन्द्र बनाउनुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, भ्रष्टहरूलाई कुनै कारबाही तिर नलागी नेपालीबाट सहयोगको अपेक्षा नगर्नुस्! खबरदार !! इमेज सकिएला !!!’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar