प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको शुभकामना

  • कालिका खवर
  • शनिबार, भदौ २८, २०८२
  • ललितपुर । प्रथम महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्त भएकोमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

    नेता यादवले आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन् । साथै, नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar