जेनजीको भावनालाई कार्यान्वयन गर्न भ्रष्टाचार छानबिन न्यायिक आयोग गठन हुनुपर्छ : नेता किराती

  • कालिका खवर
  • शनिबार, भदौ २८, २०८२
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशीला कार्की नियुक्ति हुनु भएकोमा बधाई छ ।

    अब जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ ।’ साथै किरातीले आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंसबारे छानबिन गर्न अर्को उच्च स्तरिय न्यायिक आयोग पनि गठन हुनुपर्ने बताएका छन् ।

    उनी भन्छन्– ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी यी चार खम्बे चरित्र भएको संविधानले दलित, महिला, जनजाति, मधेसी र मुस्लिम आदी समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाएको छ यसलाई  तलमाथि नगरियोस्  यदि तलमाथि गर्नु भयो भने फेरि परिणाम गम्भीर हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar