राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ : दुर्गा प्रसाईँ

  • कालिका खवर
  • शुक्रबार, भदौ २७, २०८२
  • काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेपाली सेनाले राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्ने बताएका छन् । उनले जेन–जीको बलिदानलाई धोका दिन नपाइने बताएका छन् । यही संविधान, संसद््, राष्ट्रपति र यही व्यवस्थामा जेन–जी आन्दोलनको उद्देश्य पूरा नहुने उनको भनाइ छ । ‘यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ती कलिला बच्चाको हत्या किन भयो ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।

    उनले जेन–जीका परिवारको आँसु र रगतको हिसाब आवश्यक रहेको बताएका छन् । विगतमा पश्चिमहरुको डिजाइनमा नयाँ संविधान घोषणा भएको र हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्ष बनाइएको उनको दाबी छ । यो देश पृथ्वीनारायण शाह र नेपाली सेनाले यो एकीकरण गरेर बनाएको उल्लेख गर्दै उनले आज फेरि देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् ।
    ‘राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ।

    नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ । हाम्रो पुस्ता सरापिनेछ र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ। समय छ, सबैले अहिले नै सोच्नुपर्छ,’– उनले भनेका छन् । संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको उनको भनाइ छ । नयाँ संविधानमार्फत नयाँ व्यवस्था जन्मिएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar