जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा : डा. भट्टराई

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा भएको बताए ।

    उनले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्वहरू वा अल्पज्ञानी जनसाधारणले भन्न खोजे झैँ देश संविधानविहीन, राज्यविहीन शून्यताको अवस्थामा नपुगेको उनको भनाइ छ ।

    ‘सरकारले राजीनामा गरे पनि लोकतन्त्रका आधारभूत अङ्गहरू संविधान, संसद, राष्ट्राध्यक्ष (राष्ट्रपति–उपराष्ट्रपति), राज्यका स्थायी अङ्गहरू यथावत् कायम छन्। तिनमा टेकेर नै अघि बढ्न नयाँ नेपालका अगुवा जेन जी चुक्नुहुन्न। नत्र भुईँको टिप्न खोज्दा पोल्टाको खस्ने खतरा हुन्छ’, उनले भने ।

    भट्टराईले थप भने–’अहिले तत्कालको सबभन्दा जरुरी विषय आन्दोलनमा उठेका मागहरूको सम्बोधन र छिटो नयाँ आमचुनावको निम्ति आन्दोलनकारीहरू समेतको सिफारिस र सहभागितामा अन्तरिम सरकारको गठन  हो। यो कुरा विद्यमान संविधानमा टेकेर नै गर्नुपर्छ। अन्यथा ठुलो अनिष्ट हुनसक्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar