अब छोडिदिनु! इनअफ इज इनअफ : हर्क साम्पाङ

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत राईले अब सरकार र सत्ता छोडिदिन भन्दै इनअफ इज इनअफ भनेका छन्। उनले यसो भनिरहँदा देशका छोराछोरीलाई गोली हान्नेहरू कदापी अभिभावक हुँदै नहुने जिकिर गरे।

    साथै अब जनताले देश चलाउन लायकहरूलाई जनभावना अनुरुप काम गर्नेहरूलाई देश सुम्पनु पर्ने भनाइ राखे। ‘देशका छोराछोरीलाई गोली हान्नेहरू कदापी अभिभावक हुँदै होइनन्! अब छोडिदिनु!’ उनले लेखेका छन्, ‘देश चलाउन लायकहरूलाई जनभावना अनुरुप काम गर्नेहरूलाई देश सुम्पनु पर्छ जनताले अब! I also say “enough is enough.”‘

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar