हेटौँडामा पनि जेनजीको प्रदर्शन

  • कालिका खवर
  • सोमवार, भदौ २३, २०८२
  • हेटौँडा । जेनजी पुस्ताले हेटौँडामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरुले सोमबार देशव्यापी प्रदर्शन गरिरहेका छन् । हेटौँडाको प्रदर्शनमा विद्यालय र कलेजका विद्यार्थी औपचारिक पोशाकमै प्रदर्शनमा उत्रिए ।

    हेटौँडाको उपनगरपालिका चोक, हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोकमा आएको थियो । उनीहरुले दुई घण्टासम्म बुद्धचोक ठप्प पारे । प्रदर्शनको क्रममा उनीहरुले हेटौंडा–१० स्थित प्रदेशसभा भवन अगाडि समेत प्रदर्शन गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar