सरकारका राम्रा काम जनतासम्म पुर्‍याउनुस्, नराम्रा कामको आलोचना गर्नुस् : अर्थमन्त्री

  • कालिका खवर
  • शनिबार, भदौ २१, २०८२
  • काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताए । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरूमा सहयोग गर्दै आएको पनि उनले बताए । मानिसहरूलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर उपप्रधानमन्त्री पौडेलले जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar