काठमाडौँ ७ को अर्ली पोलमा फराकिलो अन्तरले किरण केसी अगाडी

  • कालिका खवर
  • सोमवार, कार्तिक २८, २०७९
  • काठमाडौं । चुनावी अभियानहरु अन्त्यतिर छन । यसबिचमा प्रारम्भिक चुनावी नतिजा बारे आँकलन भैरहेकोमा काठमाडौँ ७ मा खुकुरी क्रस चुनाव चिन्ह बोकेका उम्मेदवार किरण केसीको जित सुनिस्चित भएको हो । हामीले गरेको प्रारम्भिक मत सर्वेक्षणमा किरण केसी एकाद अगाडी देखिए । ‘ जनताले नै किरण केसी लाई सांसद मानिसकेको अवस्था छ ’ अध्येता रोजन रोकाले भने । उनको अस्ट्रेलिया बाट आएर एयरपोर्टमै दिएको राजनीतिक भाषण चर्चित बनेको थियो । अरु धेरैले टिकेट पाउने , नपाउने , उम्मेदवार हुने , नहुने टुंगो नलागेको अवस्थामा उनले ३ महिना अघि देखि नै आफ्नो चुनावी प्रचार प्रसार सुरु गरेका थिए । न्युनतम ज्याला तलब बढाउने , १५-१५ दिनमा तलब दिने , सबै नर्सलाई एकैपटक सरकारी सेवामा लिने , एसईई पछी तिन महिने टेक्निकल तालिम दिईने , २० वर्ष पुराना गाडीलाई इलेक्ट्रिक गाडीमा बदल्ने आदी एजेन्डा लिएर आएका किरण केसीको खास प्रतिष्पर्धा देखिएको छैन । यहाँ मिडियाले धेरै चर्चा गरे पनि मानुषी यमीको कुनै प्रभाव छैन । श्याम घिमिरे , रामवीर मानन्धर पनि यहीं बाट उम्मेदार छन । काठमाडौँ ७ धेरै डमी उम्मेदवार भएको क्षेत्र पनि हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar